November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम

२०८० कार्तिक १४

2.7K

विराटनगर । सोलुखुम्बुमा ‘अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम’ सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यालय मातहत प्रहरी चौकी केरुङ सोलुखुम्बुको आयोजनामा सोलुदुधकुण्ड न.पा.वडा नं.०८ सिसाखोलास्थित रहेका अल्पसंख्यक जातजातिहरू समुदायका स्थानीय नागरिकहरुलाई सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अल्पसंख्यकसँग प्रहरी कार्यक्रममा गरिएको हो ।

उक्त कार्यक्रम अन्तर्गत प्रहरी सेवा तथा प्रहरीमा उजुरी दिने प्रक्रिया तथा शान्ति सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा स्थानियवासीको भूमिका बारेमासमेत जानकारी गराई जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

Advertisement