April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

1.4K

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको हो ।

विश्वासको मत दिनेहरुमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् । राप्रपाका १ सांसद भने मतदानमा अनुपस्थित रहे ।

सत्ता गठबन्धनबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलार्ई राप्रपाबाहेक सबैले विश्वासको मत दिएका छन् ।

Advertisement