February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

विराटनगरमा ‘६८ औं प्रहरी दिवस २०८०’ भव्यताका साथ सम्पन्न

1.8K

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले ६८औं प्रहरी दिवस २०८० भव्यताका साथ सम्पन्न गरेको छ । मंगलबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विविध कार्यक्रमहरुको आयोजना गरी प्रहरी दिवस भव्यताका साथ मनाईएको हो ।

प्रहरी दिवसको अवसरमा विभिन्न खेलकुद कार्यक्रम, स्वास्थ्य शिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश सरकारका प्रमुख सचिव डा. दिपक काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ट उपरीक्षक राजन अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु र उपस्थित सम्पुर्णले कोशी प्रदेश प्रहरी कार्यालय परिसरमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।

Advertisement

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई दिएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु सुनाएका थिए ।
कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तर्गत बीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै प्रहरी कार्यमा सहयोग गर्ने संघ संस्थालाई कदर–पत्रले सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा उच्च शिक्षा र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने पूर्व तथा बहालवाला प्रहरी कर्मचारीहरुका सन्ततीहरुलाई समेत पुरस्कार प्रदान गरेका थिए भने प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उत्कृष्ट कार्यालय व्यवस्थापन बिद्यामा पुरस्कृत हुने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई प्रशंसा पत्रद्धारा सम्मानित गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले देश र जनताको सेवामा सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने वीर अमर प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरी हरेक नागरीकहरुको मन मस्तिस्कमा रहन सफल भई सकेको हुँदा अझ थप संवेदनशिल भई नागरिकको सेवामा तत्पर रहन आवश्यक रहेको पनि बताए ।

यस्तै, कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रमुख सचिव दिपक काफ्लेले बीरगति प्राप्त गर्ने बीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आईरहेको नेपाल प्रहरीले आफ्नो ६८ औ बार्षिकोत्सव मनाई रहेको सु–अवसरमा शुभकामना दिँदै आगामी दिनमा थप विश्वसनियताका साथ काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रमुख अतिथि कार्कीलाई टोकन अफ ग्राटिच्यूड प्रदान गरी सम्मान गरेका थिए ।

प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोला तथा पदाधिकारीहरुले अमर प्रहरी परिवारका परिवारजनहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।