बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत नाकाहरुमा तालिमप्राप्त कुकुरसहितको चेकिङ गरिएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी ‘चाडपर्व बिशेष सुरक्षा योजना’ अन्तर्गत आजबाट चेकिङ सुरु गरिएको हो ।
जसअन्तर्गत झापाको काकरभिट्टास्थित सिमा नाकामा तालिम प्राप्त दुईवटा कुकुरसहितको प्रहरी टोलीले चेकजाँच सुरु गरेको छ । सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवतजावत गर्ने शंकित व्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिएको हो ।
असोज १९ गतेबाट बिराटनगरको रानीमा दुईवटा कुकुरसहितको प्रहरी टोलीले दैनिक रुपमा कडाइका साथ चेकजाँच गरिदै आएको छ । जस अन्तर्गत आज रानीमा १५१ वटा सवारी साधन, ४४५ जना मानिसलाई चेकजाँच चेकजाँच गरिएको थियो भने काँकरभिट्टामा १५१ वटा सवारी साधन चेकजाँज र १५ जना लागुऔषध प्रयोगकर्ताहरुलाई परामर्स प्रदान गरिएको थियो ।