December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

अवैध समान बरामद

510

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले अवैध सामान बरामद गरेको छ । अनुसन्धानमा खटिएका प्रहरी टोलीले अबैध समान बरामद गरी भन्सार कार्यालय बुझाएको हो।

विशेष सूचनाको आधारमा सोमबार राती खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-६ मा भारतबाट अबैध रुपमा भन्सार छली गरेर ल्याएर राखेको अबस्थामा अन्दाजी १ लाख ९६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरेको हो ।

अवैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाएको छ ।

Advertisement