April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

1K

विराटनगर । मोरङ जिल्लाको बिराटनगर रानीस्थित सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा थप कडाइका साथ चेकजाँच सुरु गरिएको हो ।

कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोली परिचालन गरी सिमा नाकामा आवत जावत गर्ने संकित व्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गर्न सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisement