विराटनगर । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा विभिन्न जातिका मौलिक, सांस्कृतिक प्रस्तुति सहित झाँकीसहित संविधान दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा प्रभात फेरी कार्यक्रमसहित संविधान दिवस मनाइएको हो ।
बुधवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा ब्यानर तथा सांस्कृतिक झाँकीसहित प्रभात फेरी कार्यक्रम आयोजना गरिएको थियो । नगरपालिकाको कार्यालयबाट सुरु प्रभात फेरी कार्यक्रमले मुनाल चौक, बस स्टेण्ड, राँगा चौक, बुधबारे चौक, आइतबारे चौक, सिनेमा लाइन, पानी टङ्की, जंङ्गि चौक, महेन्द्र गेट, मुनाल चौक लगायतका स्थान परिक्रमा गरेर नगरपालिकाको कार्यालयमा कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा सुनुवार सेवा समाज वराहक्षेत्र, माझी उत्थान सङ्घ वराहक्षेत्र, नेपाल मगर सङ्घ वराहक्षेत्र, नेवाः देय दबूँ वराहक्षेत्र, थारु कल्याणकारिणि वराहक्षेत्र, तामाङ घेदुङ सङ्घ वराहक्षेत्र, नेपाल उराँउ सङ्घ वराहक्षेत्र–८ कालापानी, वराहक्षेत्र–८ तीनकुने, नेपाल शेर्पा सङ्घ वराहक्षेत्र, नौमती पञ्चे बाजा समूह वराहक्षेत्र–६ र सिहवाहिनि नौमती बाजा समूहले सांस्कृतिक तथा जातीय मौलिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उप–प्रमुख नन्दकुमारी सुनुवार, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू, वडा सदस्यहरुको उपस्थिथित रहेको थियो भने ११ वटै वडाबाट स्थानिय सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अगुवा, कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सशस्त्र बेस क्याम चतरा, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र, चतरा , चक्रघट्टि जेसीज, नयाँ पिँडी, ग्रामीण पत्रकार समूह, महेन्द्र मावि चक्रघटि, कोशी मावि, भानु आधारभूत, राधाकृष्ण संस्कृत विद्यालय, महेन्द्र मावि तित्रिगाछि, मनिङ्ग स्टार, भुजेल सेवा समाज, जीवन विज्ञान लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा मङ्गलवार बिहान ११ वटै वडामा वृहत् सरसफाइ र साँझ दीप प्रज्वलन गरेको थियो ।