काठमाडौं । पहिचान पक्षधरहरुद्धारा इटहरीमा बृहत मोटरसाइकल र्याली निकालिएको छ । ‘कोशी नाम’ खारेज गरी पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै प्रदेश १ पुनः नामङ्कन संघर्ष समितिको आयोजनामा ¥याली निकालिएको हो ।
जसपाका नेता सागर सरगम चेम्जोङका अनुसार इटहरी– १ देखि सुरु भएको र्यालीलाई विराटनगरको गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत गरिएको छ । ‘प्रदेशको नाम कोशी खारेज गर’, ‘प्रदेश नाम कोशी मुर्दावाद’, ‘सहिद पदमकुमार लिम्बु लाजेहाङ अमर रहुन्’, ‘पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामकरण गर्’ भन्ने नारासहितको सभालाई विभिन्न घटकका नेताहरुले सम्बोधन गरेका छन् ।
सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोले यो सांकेतिक विरोध ¥याली मात्रै भएको बताए । अहिले काम चलाउ सरकार मात्रै रहेको भन्दै स्थाइ सरकार आएपछि अझ सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।
सभालाई जनता समाजवादी पार्टी किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई र दलित केन्द्रीय राष्ट्रिय समितिको तर्फबाट नरेश विश्वकर्मा, जमुक्ति पार्टीका महासचिव पदम जबेगु, संघीय लोकतान्त्रिक मञ्चकी वरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, नागकि उन्मुक्ती पार्टीका सहसचिव पदम अधिकारी, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेला र नेपाल आदिवासी जनजाति महासंघ प्रेदश नम्बर १ का उपाध्यक्ष युवराज जिरेल लगायतले सम्बोधन गरेका थिए ।
यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही निश्चित क्षेत्रमा २ महिनासम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।