September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

कोशी प्रदेशद्वारा बजेटसम्बन्धि अध्यादेश जारी

430

विराटनगर । कोशी प्रदेश सरकारमा पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका छन् ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

Advertisement

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । पुनः अध्यादेश जारीएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।