April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नेपाल जोलोजिकल सोसाइटीबाट डा. भरतराज सुब्बालाई प्राणी विज्ञान पुरस्कार

1.3K

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङबाट नेपाल जोलोजिकल सोसाइटी, कोशी प्रदेश समितिको दोश्रो अधिवेशन तथा सेमिनारको उद्घाटन भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रदेश प्रमुखले जोलोजिकल शिक्षा किन र केका लागि आवश्यकता भन्ने कुरालाई प्रष्टसँग सरकारसँग राखेर यस अध्ययनको दायरालाई फराकिलो पार्नुपर्ने बताएका थिए ।

कार्यक्रममा प्राणी शास्त्रबाट विद्यावारिधी स्कलर गणेश तामाङले यिबोकुमुलेसन एण्ड वायोम्याग्नीफिकेन अफ जीन इन एसियन ओपनबिल ह्याचिङ एम देयर प्रे स्पाइस इन इस्टर्न लोल्याण्ड नेपाल शिर्षकमा प्रस्तुति दिएका थिए । त्यसैगरी प्राडा रामबहादुर थापा, सुशिलकुमार झा, सोसाइटीका अध्यक्ष प्रा.डा. महेन्द्र महर्जन विषय तथा संस्थासँग सम्बन्धित विषयमाथि प्रकाश पारेका थिए ।

Advertisement

विराटनगरस्थीत होटल मनास्लु इनमा भएको कार्यक्रममा प्रदेश प्रमुख खापुङले डा. गीता श्रेष्ठ र मञ्जु साहलाई सम्मान, डा.भरतराज सुब्बालाई सोमप्रसाद निरौला प्राणी विज्ञान पुरस्कार, पुरस्कार कोषका स्थापनाकर्ता सोमप्रसाद निरौलालाई सम्मान तथा अभिनन्दन गरेका थिए ।

प्राणीशास्त्रमा विद्यावारिधी गरेका डा. सुब्बा विराटनगरस्थीत डिग्री क्याम्पसका अवकाशप्राप्त प्राध्यापक हुन् । अवकासप्राप्त भएपनि जोलोजिकल विषयमा विज्ञको आवश्यकता खड्किएकैले पढाउदै आएका छन् ।

सुब्बा सम्पादन हुने ‘द नेचर’ जर्नल भएकैले धेरै विद्यार्थीले स्नात्तकोत्तर र विद्यावारिधी गर्न पाएका सोसाइटीका प्रदेश सचिव रामचन्द्र अधिकारीले बताएका छन् ।

सन् १९५१ जुन २१ मा इलामको तत्कालिन गजुरमुखी गाउँपञ्चायतमा योङहाङ लिम्बू वंशमा जन्मनुभएका सुब्बाले टीएम भागलपुर विश्वविद्यालयबाट “नेपालबाट पाइने पहाडी धाराको माछा ग्लाइपोथोराक्स टेलचिट्टा (ह्याम) को श्वासप्रश्वास अंगको संरचना र कार्य” विषयमा विद्यावारिधी गरेका हुन् ।

सुब्बाबाट विद्यालयमा शिक्षण, धेरै क्याम्पसहरुमा अध्यापन भएका छन् । स्नात्तकोत्तर तथा विद्यावारिधी विद्यार्थीहरुलाई सुपरीवेक्षण भएका छन् । ९ पुस्तक प्रकाशन भएका छन् भने १३ पुस्तक प्रकाशोन्मुख छन् ।

कार्यक्रम विकास खनालको स्वागत मन्तव्य, प्रदेश अध्यक्ष शालिग्राम अधिकारीको सभापतित्व र प्रदेश सचिव रामचन्द्र अधिकारीको सञ्चालनमा भएको थियो ।