April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

प्रहरी श्रीमती संघद्वारा सचेतनामूलक स्लोगन लेखिएको टोपी वितरण

2.2K

सुनसरी । सुनसरीको ईटहरीमा मंगलबार तिन पाङग्रे सिटी ई–रिक्सा तथा अटो चालकहरूलाई ट्राफिक सचेतनामूलक स्लोगन लेखिएको टोपी वितरण भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको सहकार्यमा ईटहरीमा सम्पन्न भएको उक्त सचेतनामूलक कार्यक्रममा ईटहरी उप–महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले सिटी चालकलाई टोपी वितरण गरी कार्यक्रमको शुभारम्भ भएको थियो ।

उक्त कार्यक्रममा ट्राफिक नियम पालना गरौ, जेब्रा क्रसबाट मात्र बाटो काटौ, लगायत विभिन्न किसिमका सचेतनामूलक स्लोगनहरू लेखिएका २५० थान भन्दा बढी टोपी वितरण गरिएका थिए ।

Advertisement

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधीकारीहरू र ट्राफिक प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।