धरान । धरान जेसीजको ४८औं वार्षिकोत्सव, जुनियर जेसीजको २७औं बार्षिकोत्सवमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने दुईजना सम्मानित भएका छन् ।
सम्मानित हुनेमा पब्लिक मा.वि. धरान–१२ का प्रधानाध्यापक इन्द्रमोहन झा र स्वास्थ क्षेत्रबाट योगदान पुर्याउनु हुने बीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका डेपुटी हस्पिटल डाईरेक्टर ईन्द्रकुमार लिम्बू छन् ।
धरान जेसीजका अध्यक्ष जेसी आशिषराज यादवको सभापतित्व, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । जेसी बिदुर थापाले कार्यक्रमलाई संयोजनमा गरेका थिए ।