विराटनगर । धरान उप-महानगरपालिकाका २० वटै वडामा निषेधाज्ञा जारी गरिएको छ । डेगीं रोगको संक्रमण रहेको भन्दै डेगीं रोग नियन्त्रणमा नआउन्जेल सम्मलाईधरान उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले निषेधाज्ञा सम्बन्धि सूचना जारी गर्दै धरान उप-महानगरपालिकाका सम्पूर्ण वडा लगायत निम्न त्यसका नजिकका स्थानहरुमा लागु हुने गरी निषेध गर्ने निर्ण भएको जानकारी दिएको हो।
जारी सूचनामा भनिएको छ, ‘बिभिन्न हिन्दु धर्मसंग सम्बन्धित संघ/संगठनहरुले “धरानमा गोरु काट्न पाउनु पर्छ” भनी सामाजिक संजालमा प्रचारप्रसार गरेको भन्ने बिषयको बिरोधमा मिति २०८०/०५/०९ गते र्याली गर्ने भनी प्रचारप्रसार गरेको भन्ने सन्दर्भमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सूरक्षा समितिका अध्यक्ष हुमकला पाण्डेको अध्यक्षतामा आज बसेको सुरक्षा समितिको बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम आज राती १२ बजे देखी मिति २०८०/०५/०९ गते राती १२ बजे सम्म अत्याबश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिक रुपमा गरिने कुनै पनी कार्य नगर्न/नगराउन धरान उप-महानगरपालिकाका सम्पूर्ण वडा लगायत निम्न स्थानहरुमा लागु हुने गरी निषेध गर्ने निर्णय भएको छ।’
धरान उप-महानगरपालिका प्रबेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकदेखी धरानतर्फको क्षेत्र, धरान उप-महानगरपालिका प्रबेश गर्ने पश्चिम दक्षिण बाटो रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नहडा चोकबाट धरान तर्फको क्षेत्र, ईटहरी उप-महानगरपालिका-२० तरहरा पानिपियादेखी उत्तर धरानतर्फको क्षेत्र, धरान उप-महानगरपालिका-५ प्रवेश गर्ने पुर्वी केरावारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट धरानतर्फको क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको हो ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकले ९ गते (शनिबार) प्रदर्शनको आह्वान गरेका छन् । हिन्दु समर्थकले प्रदर्शन गर्ने भएपछि पहिचान पक्षधरहरू प्रदर्शनको विरोधमा प्रदर्शनमा उत्रने भन्दै तयारी अवस्थामा रहेका थिए । दुई पक्षबीच झडप हुन सक्ने र ‘मणिपुर घटना’ घट्न सक्ने भन्दै केही ९ गते धरानमा निषेधाज्ञा गरिनुपर्ने विचार राख्दै आएका थिए।