काठमाडौं। उपमहानगरपालिकास्थित सर्दु जलाधार क्षेत्रको जग्गालाई लिएर उच्च अदालतले मेधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सचेत गराएको छ । उच्च अदालतले धरान बाँझगराको ९९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को रोजिना अधिकारीको नाममा रहेको जग्गा बारेमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सँग उत्पन्न विवादमा अधिकारीलाई धरपकड नगर्न, थुनामा नराख्न उच्च अदालत विराटनगरले सुनसरी जिल्ला प्रशासन सहित विपक्षीहरूको नाममा अन्तरिम निषेधाज्ञा जारी गरेको हो ।
साउन ६ गते सोमबार सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै मेयर साम्पाङले दलबलसहित अधिकारीको जग्गामा वृक्षारोपण गरेपछि रोजिनाले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले साउन ११ गते अनधिकृत प्रवेश नगर्न र वृक्षारोपण रोक्न आदेश दिएको थियो । उक्त आदेश विपरीत मेयर साम्पाङ गएको शनिवार पुनः सोही जग्गामा प्रवेश गरेपछि रोजिना तथा उनका पति रोशन अधिकारी र मेयरबीच भनाभन भएको भिडियो सार्वजनिक भएको थियो ।
उक्त घट्नालाई लिएर मेयर साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीलाई पक्राउ गरी कारबाही गर्न उजुरी गरेको कुरा सामाजिक सञ्जालमा लेखेका थिए । मेयर साम्पाङले पक्राउ गर्न उजुरी दिएको सार्वजनिक भएपछि रोजिना अधिकारीले दिएको सम्भावित धरपकड, थुनामा राख्ने कारबाही विरुद्धको रिटमा उच्च अदालतका न्यायाधीश दिनेश प्रसाद यादवको इजलासले बिहीबार निषेधाज्ञा जारी गरेको हो ।