November 6, 2024, Wednesday
२०८१ कार्तिक २१
1:37:26 pm

कोशी प्रदेशको चालु तेश्रो अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने

1K

विराटनगर । कोशी प्रदेशको चालु तथा तेस्रो अधिवेशन बुधबार रातीदेखि अन्त्य भएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले चालु तथा तेश्रो अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले जारी अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङ्ले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाए पुनः अध्यादेशबाट बजेट ल्याउनका लागि राति बैठक बसेर अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

Advertisement

गत जेठ ३२ गते कार्कीले ल्याएको बजेट अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । सो अध्यादेश भदौ १० पछि निष्क्रिय हुँदैछ । संसद नभएको अवस्थामा ल्याइने अध्यादेशलाई संसद सुरु भएको ६० दिनभित्र पास गराउनु पर्छ, नभए अध्यादेश निष्क्रिय हुने कानुनी व्यवस्था छ ।