April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

आफूमाथि दुर्व्यवहार गरेको भन्दै धरानका मेयर हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

1.3K

काठमाडौं । आफूमाथि दुर्व्यवहार गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रहरीमा उजुरी हालेका छन् । साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएका हुन्

साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । उक्त जग्गामा अदालतले वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

पुनः उक्त जग्गामा पुगेपछि साम्पाङलाई एक महिला र पुरुषले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो । महिलाले उक्त बिरुवा उखेलेर फ्याल्छु भनेपछि ती मेयर साम्पाङले घर भत्काइदिन्छु भनेको भिडियोमा सुन्न सकिन्छ ।

Advertisement