नडाहा। मोरङको मिक्लाजुङस्थित मधुमल्लामा कवि मञ्जुल मितेरीको कवितासंग्रह ‘कामी’ को दोस्रो संस्करण विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
मिक्लाजुङ साहित्य समाजले गत शनिबार आयोजना गरेको कवितासंग्रह ‘कामी’को विमोचन तथा परिचर्चा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा वरिष्ठ कवि मुनाराज शेर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कवि सीमा आभाष, मनोज लोहार र कृष्ण उदासीले कवि मञ्जुल मितेरीको कवितासंग्रह ‘कामी’ माथी समिक्षात्मक टीप्पणी गरेका थिए । संग्रहभित्र समेटिएका कविताहरु र कवि मञ्जुल मितेरीले उठाएका विषय, गाम्भिर्यता, समाज रुपान्तरणका सवाल र जवाफ, व्यक्ति, चरित्र, परिवेश, समाज, देश, माटो र प्रेमका बारेमा टिप्पणीकर्ताहरुले आ–आफ्ना दृष्टिकोण राखेका थिए ।
कार्यक्रममा प्राज्ञ मुनाराज शेर्माले कवि मञ्जुल मितेरीका कविता कृति ‘कामी’मा समेटिएका कतिवाहरुले उब्जाएका विषय र सन्दर्भका बारेमा बोलेका थिए।
मिक्लाजुङस्थित मधुमल्लामा अवस्थित पाटी प्यालेसमा आयोजित कार्यक्रमको सहजिकरण कवि ज्योती भट्टराईले गरेकी थिइन्।