April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोशीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

1.4K

विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको छ ।

मुख्यमन्त्री थापाको प्रस्तावको पक्षमा ४७ र विपक्षमा ३० मत परेको छ । प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् ।

सभाध्यक्षले विश्वासको मत दिएको भन्दै प्रदेशसभामा नाराबाजी भएको छ ।

Advertisement