October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

एमालेले सरकारको नेतृत्व गर्न नसकेपछि काँग्रेस अगाडि बढेको हो: मुख्यमन्त्री थापा

1.3K

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको ठूलो दल (एमाले) को सरकारले विश्वासको मत लिन नसकेपछि आफूले दोस्रो दलको तर्फबाट नेतृत्व गर्ने कोशिष गरेको उनले बताए । प्रदेशसभामा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव उपर विपक्षीले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले पहिलो दलले सरकारको नेतृत्व गर्न नसकेपछि काँग्रेस अगाडि बढेको बताएका हुन् ।

मुख्यमन्त्री थापाले भने, ‘वहाँहरु (एमाले) ले विश्वासको मत प्राप्त गर्न नसकेपछि दोस्रो ठूलो दल भएको र गठबन्धनमा रहेको नाताले गर्दा हामीले सरकारको तेतृत्व गर्ने कोसिस ग¥यौं । यो स्वभाविक प्रक्रिया हो । माननीय हिक्मत कार्कीले विश्वासको मत लिन सक्नुभएन । सरकारको नेतृत्व गर्ने जिम्मेवारी हाम्रो काँधमा आयो ।

थापाले अब प्रदेशलाई दुर्घटनाबाट जोगाउनका लागि विपक्षी दल एमाले र राप्रपाको भूमिका महत्वपूर्ण हुन्छ भनेर भन्दा पनि सम्भव नभएको बताए । सहमतीय सरकार अहिले पनि आवश्यक भएको उनको भनाइ थियो ।

Advertisement

पहिलो कार्यकालमा आफूले मुख्यमन्त्रीको कुर्सीभन्दा पनि सर्वोच्चको ढोका पुग्नु परेको उनको गुनासो थियो । त्यस समयमा प्रदेशका सर्वसाधरण बाढी, पहिरो र डुबानले अस्तव्यस्त हुनुपरेको अवस्था रहेको बताउँदै, लम्पीस्किन, डेंगुजस्ता महामारी हुँदा पनि सरकारले काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले सबैदल मिलेर सहकार्य गरेर सहमति गरेर अगाडि नबढेसम्म केही हुनै नसक्ने बताउँदै मिलेर अगाडि बढ्न अनुरोध गरे ।