April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोशी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजे

1.2K

विराटनगर । आज दिउँसो १ बजेका लागि कोशी प्रदेशको प्रदेशसभा बैठक बोलाइएको छ ।

बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ । आजैबाट २०८०÷८१ को बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ ।

गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेको हो । सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।

Advertisement