April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

माओवादी केन्द्र कोशी प्रदेशमा बहुपहिचानमा नाम राख्न प्रतिवद्ध रहने

1.4K

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले प्रदेश नामकरणमा प्रदेशसभामा मतदान गर्नु कमजोरी भएको स्वीकार गर्दै बहुपहिचानमा नाम राख्न प्रतिवद्ध रहेको जनाएको छ ।

बिहीबार बसेको माओवादीको प्रदेश समिति बैठकले बहुपहिचानको आधारमा राख्न प्रतिवद्ध रहने निर्णय गरेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।

१७ फागुन २०७९ मा प्रदेशसभाले तत्कालिन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले कोशी नामको पक्षमा सहमति जनाएको थियो । तर पहिचान पक्षधरले कोशी नाकरणको विरोधमा आन्दोलन चर्काएपछि माओवादीले नाममा समर्थन जनाउनु गल्ती भएको स्वीकार गरेको हो ।

Advertisement

पार्टी संगठनलाई थप सुदृढ गर्न १६ भदौदेखि ३ महिने अभियान सुरु गर्ने पनि नेम्बाङबाट जानकारी प्राप्त भएको छ । प्रदेशका ११५७ वटै वडामा एकैसाथ अभियान उद्घाटन गर्ने गरी कार्यविभाजन गरिएको पनि नेम्बाङले जानकारी दिए ।