April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

जन्मदिन पारेर अनाथ बालबालिकालाई २५ हजारबराबरको सहयोग

2.5K

धनकुटा । धनकुटा नगरपालिका ३ निवासी १० वर्षिय इसुब लिम्बुले आफ्नो जन्मदिनको बचत पैसाबाट श्री पञ्चमी पार्कमा रहेका अनाथ बालबालिकालाई करिब २५ हजार बराबर रकमको दराज, लत्तकपडा, कपिकलम हस्तान्तरण गरेका छन् ।

१३ जना रहेका उक्त अनाथालयमा पूर्व सांसद गोपाल गुरागाईको आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यले अन्य बालबालिकाले पनि सहयोग गर्ने अपेक्षा रहेको उनका आमा इन्दु लिम्बुले बताइन् ।

Advertisement