विराटनगर । कोशी प्रदेशमा गयानन्द मण्डल गनगाइँ उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजम कार्यविभाजनसहित मन्त्रिपरिषद बिस्तार गरेकामा गनगाइँ राज्यमन्त्री भएका हुन् ।
मुख्यमन्त्री थापाले राज्यमन्त्री गनगाइँलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।