विराटनगर । कोशी प्रदेशको मुख्य न्यायधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । उनको सोमबार प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा पद तथा गोपनियताको सपथसमेत भइसकेको छ ।
मुख्यमन्त्री उद्धव थापाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कोशी प्रदेशको मुख्यन्यायधिवक्ता पदमा सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं. ३ का अधिवक्ता बुद्धिबहादुर कटुवाललाई नियुक्तको प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका थिए ।
नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई उच्च अदालत, विराटनगरका माननीय का.मु. मुख्यन्यायधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथ गराएका छन् ।