November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लालबहादुर विश्वकर्माले पाए सफाइ

2.2K

काठमाडौं । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि इटहरी-१९ बरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो ।

केही कागजमा हस्ताक्षर गरेकै कारण साहुले ठगीको अपजस उनले सहनु परेको थियो। यस फैसलासँगै उनले सुन पसलमा कालिगढको काम गर्ने उनलाई करोडौंको बिगो तिर्नुपर्ने अवस्थाबाट अब मुक्ति पाउनुका साथै जेलबाट पनि छुटकारा पाउने भएका छन्।  

उच्च अदालत विराटनगरले मंगलबार लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको छ। लालबहादुर ३ करोड बिगो जरिवाना तिर्न नसक्दा सुनसरी जिल्ला अदालतको आदेशमा जेलमा थिए।

Advertisement

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो। कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ। 

दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ।