विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । सोमवार बिहान ६ बजे स्थानीय अजय साहको १० बर्षीय छोरा प्रेम कुमार साहको डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार सुखानी खोलामा नुहाउन गएकोमा सोही खोलामा डुबेको भन्ने खबर प्राप्त भएसगै प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोली र स्थानियबासीको सहयोगमा उद्धार गरी उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ पठाईएकोमा साहको बाटोमा नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।