September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

वराहक्षेत्रमा जङ्गली हात्तीको कारण स्थानीय आतंकित

550

सुनसरी । चारकोसे जङ्गलमा पसेको जङ्गली हात्तीको कारण सुनसरीका बासिन्दा आतंकित भएका छन्।

मंगलबार रातको समयमा बराहक्षेत्र नगरपालिका–२ सिंहदेवी टोलमा पसेर हात्तीले उपद्रो मच्याएपछि स्थानीय बासिन्दा झनै आतंकित भएका हुन्।

जङ्गली हात्तीले स्थानीय थपन (सुरज) राईको ३ कठ्ठा जमिनमा लगाएको नगदे बालीमा क्षति पु¥याउँदा अन्दाजी १ लाख रूपैयाँ बराबरको क्षति भएको छ। हात्तीले घरको टाटीसमेत भत्काइदिएको र बिरामी आमाको औषधीहरु नष्ट भएको राईले बताए।

Advertisement

गाउँ टोलमा रातको समयमा हात्ती प्रवेश गर्दा हात्तीलाई तर्साएर धपाउने साइरन लगायतका सामाग्रीहरु उपलब्ध नहुँदा स्थानीय बासिन्दाहरुलाई समस्या भइरहेको स्थानीय प्रेम घिमिरेले बताए।

दिउँसो चारकोसे झाडीमा बस्ने र रातको समयमा आहारको खोजीमा गाउँ पसेर स्थानीयबासीको अन्न बालीमा क्षती पु¥याइरहेकोले स्थानीयबासीसँग सहकार्य गरि हात्ती धपाउन सशस्त्र प्रहरी परिचालन गरि सहयोग गरिरहेको चतरा सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक देवेन्द्र रोक्काले बताए।

जनघनको क्षति न्यूनीकरण गर्न सशस्त्र, नेपाल प्रहरी र वन कार्यालयसँग समन्वय तथा सहकार्य भइरहेको वडा नं १ का अध्यक्ष किसान थापा मगरले बताए।

गत माघ २०७९ मा वराहक्षेत्र नगरपालिका वडा नं ५ का ६५ वर्षीय धन बहादुर माझीको जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेलामा हात्तीको आक्रमण परि मृत्यु भएको थियो।