September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

सुनसरीको बराहक्षेत्रमा नहरमा डुबेर बालिकाको मृत्यु

735

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा नहरमा डुबेर एक जना बालिकाको मृत्यु भएको हो । सोमबार दिउँसो बाटोमा खेल्ले क्रममा अचानक नहरमा झरी डुबेर बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार धरान उप–महानगरपालिका–१७ घर भई हाल बराहक्षेत्रस्थित मामाघरमा बस्दै आएकी ५ बर्षीय कृष्णा मगर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बराहक्षेत्र–८ शेरे चोक स्थित सोही नहरमा मृत अवस्थामा फेला परेको हो ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement