September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

कोशी प्रदेशमा तीन मन्त्रीले सपथ

525

विराटनगर । कोशी प्रदेशमा तीन मन्त्रीले सपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङबाट माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री नियुक्त गरेका थिए ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

Advertisement

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए ।

शुक्रबार नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।