विराटनगर । झापामा जंगली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० की ८० वर्षीया पन्नादेवी साह रहेकी छन् ।
प्रहरीका अनुसार पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको हो । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि मेचीनगर १० स्थित छोरीको घरमा बस्दै आएकि थिइन् ।