September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आव्हान

870

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि चार दिन अर्थात् असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएका छन् ।

प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानूनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनु पर्ने दाबी गर्दै आएको थियो ।

प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरु आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधूपमा लागेका छन् । कार्की नेतृत्वको सरकार ढलेसँगै एक पक्षीय, दुईपक्षीय छलफलमा रहेका दलहरुले आइतबार दिनभर काठमाडौंमा आ–आफ्ना पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

Advertisement