पाँचथर । फाल्गुनन्द गाउँपालिकास्थित घुर्विसे पन्चमीमा प्रदेश नं. १ को कोशी नामाङ्कन खारेजी साथै पुनः नामाङ्कनको आव्हान गर्दै गाउँपालिकाको संयुक्त सङ्घर्ष समितिले शनिबार बृहत विरोध सभाको आयोजना गरेको छ ।
१ नम्बर प्रदेशको नाम कोशी खारेज अभियान समितिका केन्द्रिय अध्यक्ष डकेन्द्रसिं थेगिमले आफू एमाले पार्टी भित्रको कार्यकर्ता भएपनि केपी ओली र योगेश भट्टराईको पछिल्लो अक्रामक अभिव्यक्तिले दाजुभाइबीच सम्बन्ध खल्बल्याउन खोजेको प्रति आपत्ति जनाउदै पार्टीभन्दा आफ्नो पहिचान ठुलो भएको बताए ।
८० प्रतिशत आदिवासी जनजातिको मतद्वारा निर्वाचित भएर गएपछि सदनमा त्यही मतको अपमान गर्दै कुर्लिनु भनेको समाज द्रोही कुलङ्घार र एकात्मक शासन प्रणालीको बिजारोपणको खेती गरेको थेगिमले बताए ।
हामी आदिवासी होइनौ शरणार्थी होइनौ प्राचीनकाल ६ सय वर्षभन्दा अगाडि त के कुरा पृथ्वीको उत्पत्तिसँगै ढुङ्गामाटो, जलजमिन, मुजिना खेयङना, सुहाम्बेना लाहादङ्नाको ऐतिहासिक मुन्धुमसहितको प्रमाण बोकेर बसेको रैथाने हाम्रो इतिहास र मागलाई राज्यले अपनत्व गर भनेको मात्र हो थेगिमले भने ।
किरात याक्थुङ चुम्लुङ्का केन्द्रिय अध्यक्ष प्रेम येक्तेनले ओलि र योगेश भट्टराईले सदनमा अराष्ट्रिय भनाई राखेपछि प्रदेश नम्बर १ को उत्तरी क्षेत्रमा बाढी पहिरो जस्ता अनिष्टता निम्तिएर करोडौंको धनजनको क्षति व्यहोर्नु परेको बताए ।
दमक हुँदै माङ्सेबुङ उत्तरे यासोक मोटरबाटो फाल्गुनन्द मार्ग नाम राखिनु पर्ने, साथै मादेन लिम्बुहरुको अपार योगदानबाट निर्मित सुकेटार विमान स्थललाइ हेलिकप्टरबाट दुर्घटना भई मरेको अगति(शोघा) रबिन्द्र अधिकारी नामक विमान स्थलको नाम राखिनु मुकुमलुङ माङ्लाई पाथिभरा तीर्थस्थल जस्ता भाषिक उपनिवेश लादेर लिम्बू भाषामा रहेका थातथलोको पहिचान अतिक्रमण गर्ने चेष्टालाई झन्झन् अगाडि बढाएपछि प्रकृति पनि रिसाएर दैवीप्रकोप बेहोर्नु परेको येक्तेनको भनाइ थियो ।
खस युवा मन्चका केन्द्रीय अध्यक्ष अशोक क्षेत्रीले सबै बाहुन गलत नभएपनि राज्यको कुर्सी सधै प्यारो ठान्ने बाहुनहरु कुख्यात भ्रष्ट देशै बेच्न सक्ने अपरधि सोच भएका बताए । बाहुनहरुको तुच्छ उपनिवेश सोचका कारण क्षेत्री समुदायले पनि उत्पीडनको मार खेप्नुपरेको क्षत्रीको भनाई थियो ।
भगिरथ चेम्जोङको अध्यक्षतामा सम्पन्न प्रदेश नम्बर १ कोशी नामङ्कन खारेजीको बृहत विरोधसभामा याक्थुङ युवा मञ्चका राजेन्द्र इधिङ्गो लगायत किरात याक्थुङ चुम्लुङ गाउँ कार्य समिति कुम्मायक साथै पाचथर ताप्लेजुङ इलाम र झापाका विभिन्न संघ संस्था तथा सङ्घर्षशिल नागरिकहरुको बाक्लो सहभागिता रहेको थियो ।