November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सन्दकपुर इलाममा महिला सहभागिताबारे अन्तरक्रिया

1.5K

सन्दकपुर । विकास निर्माणमा हरेक तह र तप्कामा महिला सहभागिता भन्ने नाराका साथ सन्दकपुर गाउँपालिकामा अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले महिलाहरुले आयोजना गर्ने हरेक रचनात्मक कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष लिलबहादूर बुर्जा, प्रमुख प्रशासकिय अधिकृत महेश राई, गाउँपालिका प्रवक्ता रहर राई महिलाहरुको सक्रियताले गाउँपालिकाको अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।

Advertisement

कार्यक्रममा सन्दकपुर गाउँपालिका महिला शाखा प्रमुख सिरता खतिवडा, जनजाति महासंघका रुपेनराज नेम्बाङ, सामाजिककर्मी नेत्र रिजाल, नेत्र पराजुली, सुजमारिमा महिला संजालकी सचिव तुलसा खवास, दलित सञ्जालबाट जीवन सिवा, राप्रपा नेपालबाट पुर्णप्रभा भट्टराई, नेकपा एमालेका प्रकाश पराजुली, नेपाली काग्रेसका हरिकृष्ण खतिवडा, स्थानीय सिद्धार्थ राई, रिता राई, लिला कुमारी राईले उद्यमी महिलाको सक्रियाकाले गाउँपालिकाको विकासमा ठुलो सहयोग पुग्ने बताएका थिए ।

सुजमारिमा महिला संजालको अध्यक्ष रितु माया मगर अध्यक्षतामा र सन्दकपुर गाउँ पालिका अध्यक्ष तुलाराम गुरुङको प्रमुख आतिथ्यमा अन्रक्रिया सम्पन्न भएको हो । सन्दकपुर गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना भएको कार्यक्रममा उद्यमी महिलाहरुको १ दिवसिय अन्तरक्रिया र छलफल कार्यक्रम भएको हो । कार्यक्रममा सन्दकपुरको ५ वटै वडाबाट महिलाहरुको उपस्थित भएको थियो ।