November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सबै जातजाति, धर्म र संस्कृतिबीच आपसमा सदभाव र सम्मान कायम राख्नुपर्छ: परशुराम खापुङ

2.5K

बिराटनगर । प्रदेश नम्बर १ प्रमुख पशुराम खापुङले सबै जातजाती, धर्म र संस्कृतिको उचित संरक्षण, प्रवर्दन र विकासमा नेपाल सरकारले नीति, बजेट र कार्यक्रम बनाएको बताए । बुधबार दमक नगर इसाई समाजद्वारा आयोजित वडादिन ख्रिष्टमस शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुखले सबै जातजाति, धर्म, संस्कृतिको मूल्य-मान्यता र अस्तित्वलाई आत्मासाथ र अवलम्बन गरी आपसमा प्रेम, सदभाव र मान–सम्मानलाई कायम राख्नुपर्नेमा प्रदेश प्रमुखले जोड दिएका थिए ।

कार्यक्रममा ९१ बर्षिया बिष्णुमाया बस्नेत र ९३ बर्षिय प्रेम लामालाई नगदसहित दोसल्ला ओढाएर प्रदेश प्रमुखज्यूल सम्मान गरेका थिए ।

कार्यक्रममा बिभिन्न मण्डली र चर्चका कलाकारहरुले मनोरञ्जनात्मक गीत र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा दमक नगरपालिका ७ का वडाध्यक्ष तथा दमक नगरपालिका कार्यवहाक प्रमुख भीम पौडेल, अन्तर धार्मीक महासञ्जालका केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, मोरङको जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन हेमब्रोङ, दमक रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहाल, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा, जेष्ठ नागरिक प्रष्ठिानका अध्यक्ष सिताराम खतिवडा लगायतको आतिथ्य रहेको थियो ।

Advertisement