ईटहरी । सागरमाथा साहित्य प्रतिष्ठान प्रदेश १ शाखाको आयोजनामा मोतीराम भट्टको जन्मजयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ । प्रा.डा. विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथि साहित्यकारहरु टीका आत्रेय, सह प्राध्यापक मदनराज बराल, भरत गुरागाई ‘बर्वरिक’ नेपाल, मेडियाकर्मी लक्ष्मी मादेन, रोटरी क्लबका बिजु श्रेष्ठ, नेपाल टेलीभिजन इटहरीका प्रमुख गजुरधन राई सहभागी थिए ।
संगीत साधना प्रतिष्ठान नेपाल ईटहरीको सभाहलमा संस्थाको अध्यक्ष किरण टी लिम्बूको अध्यक्षयतामा मोतीराम भट्टको जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सचिव किशोर कोईरालाको स्वागत मन्तव्य र गजल गायनपछि अन्य गजलकारहरू टिका आत्रेय, जेबी थुलुङ्,जीपी तिवारी, विवेक विवश रेग्मी, भरत गुरागाई ‘ बर्वरिक’ जीबी गजल र सुबिद गुरागाईबाट गजल वाचन गरिएको थियो । सहप्राध्यापक मदनराज बरालले मोतीराम भट्टको जीवनीबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा संगीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा प्रतिष्ठानका महासचिव राजु केसीले सांगीतिक कार्यक्रम प्रस्तुति थिए । कार्यक्रममा मोतीराम भट्टका गजल र अन्य गजलकारका गजलहरू पनि बाचन भएको थियो । गायनमा सरोज बास, संजीव धिमाल, दुर्गा पराजुली, मोहन तिम्सिना र मणी गुरुङबाट सुमधुर गजल गाएका थिए ।
विभिन्न संचारकर्मीसहित बाक्लो उपस्थितिमा सम्पन भएको कार्यक्रमलाई संस्थाका उपाध्यक्ष सुबिद गुरागाईले सहजीकरण गरेका थिए ।
