धरान । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस, धरानको दोस्रो सम्मेलनले युवराज राई(अलौकिक)लाई इकाई अध्यक्षमा चयन गरेको छ ।
शनिबार महेन्द्र बहुमुखी क्याम्पस, धरानको सभाहलमा सम्पन्न दोस्रो सम्मेलनले अध्यक्षमा राईसँगै उपाध्यक्षहरुमा रितादेबी राई, विशाल लावती, गोमा कुलुङ र विजय राईलाई चयन गरेको छ । त्यसैगरी सचिवमा अस्निता लिम्बू, सह-सचिवहरुमा सन्तोषकुमार राउत, सबिरसि यक्सो, सुप्रिया राई, लक्ष्मी राई, कोषाध्यक्षमा महेश श्रेष्ठ, सहकोषाध्यक्षमा ओमकुमार लिम्बू चयन भएका छन् ।
सम्मेलनले ७५ जनाको इकाई समिति गठन गरेको नव निर्वाचित अध्यक्ष युवराज राई (अलौ किक)ले जानकारी दिएका छन् । नयाँ इकाई समिति गठन गरिएलगतै समितिले आफ्नो पहिलो बैठक समेत सम्पन्न गरेको छ ।
दोस्रो सम्मेलनमा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष सुबास लाबुङ प्रमुख अतिथी रहेका थिए । सम्मेलनको विशेष अतिथिमा केन्द्रिय उपाध्यक्ष सञ्जय राई, केन्द्रीय उपमहासचिव दिनेश दंगाल, जनता समाजवादी पार्टी धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बू, विद्यार्थी इञ्चार्ज सुमन राई लगायतको उपस्थिति रहेको थियो ।
समाजवादी विद्यार्थी युनियन जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन हो ।
