May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

बहाब बढेपछि सप्तकोशीको ३५ ढोका खोलियो

1.7K

सुनसरी । सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको हाे ।

नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ५२ मध्ये ३५ वटा ढोका खोलिएका छन् । साउन ३२ गते २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । सप्तकोशीमा बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ ।

जोखिमबारे सूचित गर्न रातो बत्ती बालिएको छ । यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ भने उद्धारकाे तयारी गरिएकाे छ ।

Advertisement

स्थानीय प्रशासनले जोखिमलाई ध्यान दिँदै सतर्क रहन स्थानीयबासीलाई अनुरोध गरेको छ ।