खोटाङ । नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राईको नेतृत्वमा भूतपूर्व गोर्खा सैनिकका समस्या सम्बोधन साथै विभिन्न विकास निर्माणको सन्दर्भमा खोटाङ काङ्ग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
खोटाङ काङ्ग्रेसले उच्चस्तरीय कुटनीतिक वार्ता समिति गठन गरी वेलायत सरकार वार्ताको लागि तयार रहेको परिस्थितिमा नेपाल सरकारले तत्काल कुटनैतिक ढंगले गोर्खाहरुको समस्या सम्बोधन गराउन ध्यानाकर्षण गराएको थियो।
खोटाङ काङ्ग्रेसको तर्फबाट बोल्दै नेता रविप्रकाशले तत्कालीन प्रधानमन्त्री रहँदा बेलायतका प्रधानमन्त्रीलाई गोर्खालीहरुको समस्या सम्बोधनका लागि स्वीकृतपत्र पठाएको ऐतिहासिक घटनालाई स्मरण गराउदै उक्त माग पूरा गराउन ध्यानाकर्षण गराएका थिए ।
त्यस्तैगरी प्रधानमन्त्री देउवा समक्ष खोटाङ नेपाली काँग्रेसले खोटाङ जिल्लालाई बिकासको उच्च प्राथमिकतामा राखेर पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
आवश्यक पक्की पुल निर्माण, जिल्लाको विभिन्न भेग जोड्ने सडक निर्माण एवं महत्वपूर्ण सिंचाई कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष माग गरिएको नेता राईले बतएका छन् ।
ध्यानाकर्षणका लागि खोटाङबाट महासमिती सदस्य रविप्रकाश राई, महासमिती सदस्य कमला राई, जिल्ला सह-सचिव प्रेमकुमार राई, क्षेत्रिय सभापति तिर्थराज भट्टराई तरुण दल पूर्वजिल्ला अध्यक्ष एवं जिल्ला सदस्य राजेन्द्र राई, तरुण दल उपसभापति काजिमान राई, सूचना, सञ्चार तथा प्रचार विभाग केन्द्री सदस्य बिकल राई सहित खोटाङ काङ्ग्रेसका सकृय नेताकार्यकर्ताहरु प्रधानमन्त्री निवास पुगेका थिए ।