November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अस्पतालको विचौलीया बन्दै कमिसन खाने दुई जना विराटनगरबाट पक्राउ

2.8K

विराटनगर । विराटनगरका विभिन्न अस्पतालबाट कमिसन लिएर विचौलीयाको काम गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्द कुमार साह रहेका छन् ।

उनीहरुले विराटनगरका विभिन्न अस्पतालमा आउने बिरामी तथा बिरामीका आफन्तहरुलाई ‘यहाँ डाक्टर राम्रो छैनन्, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, बरु त्यो अस्पताल ठिक छ’ भन्ने जस्ता अफवाह फैलाउने गरेका थिए ।

Advertisement

उनीहरुको अफबाहमा परी बिरामी तथा आफन्तहरूलाई झुक्याइ कसिन दिने अस्पताल वा क्लिनिकमा पुर्याउने गरेको मोरङ प्रहरीको दाबी छ । यस्तै उनीहरुले बिरामी र बिरामीका आफन्तलाई आफूले भनेकै फार्मेसीमा औषधी किन्न बाध्य गराउने पनि गर्दथे । त्यसवापत उनीहरुले कमिसन पाउने गरेको प्रहरीको दाबी छ । उनीहरुलाई प्रहरीले बिहीबार विराटनगरबाटै पक्राउ गरेको हो ।

प्रहरीले यसखालका काम वा व्यवहारबाट कोही पनि पीडित भएको भए जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न र कसैको अफबाहमा नपर्न नागरिकहरुलाई आग्रह पनि गरेको छ ।