March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

घरघरमा खाद्यान्न सामाग्री पुर्याउदै सुनसरी तरुण दल (भिडियाे)

7.1K

सुनसरी । नेपाली कांग्रेस निकट नेपाल तरुण दल सुनसरीले स्थानीय नागरिकहरुलाई खाद्यान्यका सामाग्री वितरण गर्न शुरु गरेको छ । मुलुकभर तीब्र रुपमा फैलिएको कोरोना भाइरस संक्रमण न्युनिकरणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण समस्यामा परेका सुनसरीका नागरिकलाई तरुण दलले आजबाट खाद्यान्य सहयोग शुरु गरेको हो ।

दलले गत वैशाख २० गतेदेखी सुरु गरेको सचेता अभियान अन्तर्गत आजबाट खाद्यान्य समस्यामा परेका जनतालाई खाद्य सामाग्री वितरण गर्न थालेको हो ।

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले आज एउटा भिडियो सामाग्री सामाजिक संजालमा पोष्ट गर्दै खाद्यान्य समस्यामा परेका जो कोहीले इटहरीस्थीत तरहरामा रहेको आफ्नो घरमा उपस्थीत भएर लान सक्ने बताएका छन् । साथै सभापति गुरुङले घरमा उपस्थित हुन नसक्ने समस्यामा परेका जनताहरुलाई आफुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

Advertisement

तरुण दलले गत वैशाखदेखी सुनसरी जिल्लाका इनरुवा, रामधुनी, धरान, बराहक्षेत्र, दुहवीलगायतका स्थानहरुमा मास्क, ग्लोब्स र सेनिटाइजर समेत वितरण गर्दै आएको छ । साथै दलले महामारीको अवस्थामा सुनसरीबासीका लागि २४ घण्टे हेल्प डेस्कसमेत सञ्चालनमा ल्याइसकेको छ ।

भिडियाे