April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोरोनाबाट धनकुटामा पूर्वगाविस अध्यक्षको मृत्यु

3.3K

धनकुटा : धनकुटाको साविक तेलिया गाविसका पूर्वअध्यक्ष चन्द्र चोङबाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ। छथर जोरपाटी गाउँपालिका–४ काजीमानेमा बस्दै आएका चोङबाङलाई केही दिनअघि संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण भएपछि उनलाई उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिए।

चोङबाङ तत्कालीन तेलिया गाविसको २०४९ देखि ०५४ सम्म र २०५४ देखि ०५९ सालसम्म दुई कार्यकाल नेकपा एमालेबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए। 
छथर जोरपाटी गाउँपालिका पछिल्लो समय कोरोना संक्रमणबाट निकै प्रभावित भएको गाउँपालिकाका अध्यक्ष लिम्बुले बताए। अहिलेसम्म गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुईजनाको मृत्यु भइसकेको छ। योसँगै धनकुटामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

Advertisement