April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सडक कालोपत्रेलाई प्राथमिकता दिँदै चुलाचुली गाउँपालिका

२०७७ फाल्गुन १८

4.8K

चुलाचुली। चुलाचुली गाउँपालिका भित्रका सडकहरुलाई स्तरउन्नतीलाई गर्दै आएको चुलाचुली गाउँपालिकाले कालोपत्रे सडकलाई प्राथमिकता दिएको छ । पालिकाको केन्द्रदेखि वडा जोड्ने र महेन्द्र राजमार्गदेखि वडासँगै पालीकाको केन्द्र जोड्ने सडकहरुलाई कालोपत्रेको प्राथमिकतामा परेका हुन् ।

गाउँपासलकाले प्राथमिकतामा राखेका सडकहरु क्रमागत रुपमा सडक कालोपत्रेको प्राथमिकता दिइँदै आएको गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई बताए । गाउँपालिकाले अहिले दुई वटा सडकमा कालोपत्रेको काम धमाधम भइरहेका छन् । क्रमागत योजनाका रुपमा कालोपत्रे हुँदै सडक कालोपत्रेका लागि प्रदेश १ सरकार र चुलाचुली गाउँपालिकाको साझेदारीमा भइरहेका हुन् ।

झापाको कमल गाउँपालिकादेखि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय भवन जोड्ने र हिमाली मार्गमा सडक कालोपत्रेको काम अहिले धमाधम हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । गाउँ सभाले पालिका भित्रका सडक कालोपत्रे गर्दै लाने निति लिएपछि प्रदेश १ एक सरकारबाट प्राप्त बजेटमा गाउँपालिकाले थप गरि सडक कालोपत्रे हुँदै आएका हो । सडक कालोपत्रेमा अहिले प्रविधिको उपयोग अधिक मात्रामा हुँदै आएको छ ।

Advertisement