April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

२०७७ फाल्गुन १८

2.6K

ताप्लेजुङ। ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।

उनले भने, ‘आगो फैलिँदै गएको जानकारी आएको छ, म आफैं त्यहाँ जाँदै छु ।’ आगलागीको कारण खुलेको छैन । आगोले पुर्‍याएको क्षतिको विवरण पनि आइसकेको छैन ।

Advertisement