November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश २ मा अत्याधिक चिसो, जाडोले जनजीवन प्रभावित

7.1K

जनकपुरधाम: पछिल्लो हप्ताको निरन्तरको अत्यधिक जाडोले प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

लगातार हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारी छ । पाँच दिनपछि सोमबार थोरै घाम लागे पनि मंगलबार बिहानदेखि फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भयो ।

चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । चिसोले बजार क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ । एक्कासी चिसो बढे पनि प्रदेश २ का जिल्लामा कुनै किसिमको पूर्व तयारी नगरिँदा गरीब र विपन्नलाई कठ्यांग्रिएरै जीवन धान्नुपरेको छ ।

Advertisement

अत्यधिक जाडोका कारण प्रदेश २ मा ४ जनाको मृत्यु भइसकेको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार सिरहामा तीन जना र सर्लाहीमा एक जनाको मृत्यु भएको छ । यसमध्ये सिरहामा आगो ताप्ने क्रममा जलेर २ जनाको मृत्यु भएको छ ।

जाडोलाई चिर्न भन्दै बिभिन्न जिल्लामा दाउरा वितरणलाई नै प्राथमिकतामा राखिएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीमा दाउरा वितरण गरिएको छ । र, त्यसलाई बालेर जाडो भगाउने तयारी थालिएको छ । यसबाहेक न्यानो कपडा वितरण गर्ने निर्णय पनि जिल्लाहरुमा गरिएको छ । कतिपय जिल्लामा भने आगो ताप्ने कामलाई प्राथमिकतामा राखिएको छैन ।