November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सिस्नेखोलाको बाढीले कार बगाउँदा चार महिलाको गयो ज्यान, घाइते चालकको उद्धार

4.9K

दाङ –  दाङमा खोलाले बगाउँदा चार जनाको ज्यान गएको छ । घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही–१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

गए राति १० बजेतिर प्रदेश प्र.३–०१–०२४ च ४४४० को कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना सवार रहेको र चालक घोराही–१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

खुट्टा भाँच्चिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृतक चारै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Advertisement