November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

टिपरले बाटोमाथिको तार छुँदा करेन्ट लागेर सहचालकको गयो ज्यान

2.4K

दाङ –  गुडिरहेको टिपरले सडकमाथिको विजुलीको तार छुँदा दाङको देउखुरीमा करेन्ट लागेर गाडीका सहचालकको ज्यान गएको छ ।

करेन्ट लागेर राप्ती गाउँपालिका–१ का २५ वर्षका सागर सोमई मगरको ज्यान गएको हो । गढवा गाउँपालिका–१ जुरौनी जाँदै गर्दा प्रदेश २–०३००१ ख ३१६१ नम्बरको टिपरले बाटोमाथि झुण्डिएको तार छुँदा टिपरका सहचालक मगरलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Advertisement