काठमाडौं । आइतबार बिहान गएको भूकम्पका कारण धादिङमा ७५ घर चर्किएका छन् । भुकम्पका कारण ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको एक स्थानीय जनप्रतिनिधिले जानकारी दिए । चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको छ । उनका अनुसार पटक–पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेका छन् ।
धादिङको साबिक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो ।