January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

नागढुंगामा कार दुर्घटना हुँदा तीनजना घाइते

1.4K

काठमाडौं । नागढुंगामा कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च ९०६४ नम्बरको कार आज बिहान नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटनामा परेको हो ।

प्रहरीकाअनुसार घाइते हुनेमा बैतडी घर भएका भवानसिंह रावल, उनकी पत्नी वसन्तकुमारी रावल र छोरा सिरिस रावल रहेका छन् । उनीहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । कार दुर्घटना हुँदा केही समय नागढुंगा सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो ।

Advertisement