December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

भक्तपुरको राधेराधेमा कारले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु

635

काठमाडौं । भक्तपुरमा कारले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । बिहीबार बिहान राधेराधेमा कारको ठक्करबाट जनकपुर स्थायी घर भइ हाल राधेराधे बस्ने ५८ वर्षीय योगराज बरालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान साढे छ बजे मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउँदै गरेको बा. ५ च. २०४९ नं. को कार एक–आपसमा ठोक्किएका थिए । मोटरसाइकलसँग ठोक्किएपछि अनियन्त्रित भएको कारले पैदलयात्रा गरिरहेका बराललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बराललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा घाइते मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ का मिलन कार्कीसमेत घाइते भएका थिए । उनी सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीले मोटरसाइकल चालक कार्की र कार चालक मध्यपुरथिमि नगरपालिका–६ बस्ने अनुज प्रजापति दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।