December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु

585

काठमाडौं । धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु भएको छ । गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएको हो ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको उक्त ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

Advertisement